
बाजुरा : बाजुरामा एक १७ वर्षिया सुत्केरी किशोरीको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षिया लक्ष्मी लुवारको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुई वटा शिशुलाई जन्म दिएकी लक्ष्मीको उच्च रक्तस्रावका कारण बयलपाटा अस्पताल अछाम लैजाने क्रममा बाटोमा मृत्यु भएको आफन्तले बताएका छन् ।
आफन्तका अनुसार लक्ष्मीले एक शिशु घरमा र एक शिशु बह्रमतोला स्वास्थ्य चौकीमा जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य चौकीले बिहीबार बयलपाटा अस्पताल रिफर गरेको थियो । अस्पताल नपुग्दै उनको ज्यान गएको छ ।
