खड्काको संयोजकत्वमा डोटीमा वडा अध्यक्ष तदर्थ समिति गठन

जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल गरिने

240
Shaileshwori

डोटी : डोटी जिल्लाका नौ वटै स्थानीय तहका वडा अध्यक्षहरूको तदर्थ समिति गठन गरिएको छ । प्रत्येक पालिकाबाट दुई/दुई जनाको सहभागिता रहने गरी आइतबार वडा अध्यक्षहरूको भेलाले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काको संयोजकत्वमा १८ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा जगत मल्ल, सदस्यहरूमा दीपक बोगटी, टेकराज भट्ट, नरेश मलासी, नवीन ओझा, अङ्क खड्का, बलबहादुर खड्का, दीपक साउद, जगत सिंह, भरत खड्का, लाल खडायत, कृष्ण बहादुर बम, जयलाल धामी, राम बोहरा, डम्बर बोहरा, स्याम बोगटी र पदम बोहरा रहेका छन् ।

तदर्थ समितिका साथै ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा पालिकाका प्रवक्तालाई सदस्य बनाइएको तदर्थ समितिका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । नवराज भट्ट, दशरथ बलायर, योगेन्द्र ठकुल्ला, चन्द्रमान सुनार, नवराज उपाध्याय, खगराज ओझा, पदम बोहरा, नेत्र रावल धिर्क सिंह सदस्य रहेका छन् ।

वडा अध्यक्षको भेलाले जिल्ला अस्पताल डोटीलाई सुविधा सम्पन्न अस्पताल बनाउन आवश्यक पहल गर्ने निर्णय गरेका छन् । अस्पतालमा आवश्यक आइसियु कक्ष निर्माण र ५ वटा विशेषज्ञ डाक्टर ल्याउनको लागि सबै वडा अध्यक्षले बजेटको व्यवस्थापन गर्न कदम चाल्ने निर्णय भएको तदर्थ समिति संयोजक खड्काले जानकारी दिए ।

Sujang New
Leave A Reply

Your email address will not be published.