जिप दुर्घटना : दुई जना घाइतेको हेलिकप्टर मार्फत उद्धार 

डोटी : डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । घाइतेहरूलाई मङ्गलवार दिउँसो नेपाली सेनाको (एनए-०६१) हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको भैरव प्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनुभयो ।

गृह मन्त्रालयको समन्वय र नेपाल सरकारको आर्थिक सहयोगमा गम्भीर घाइतेहरू ६५ वर्षीय धौली विष्ट र ३२ वर्षीय विष्णु बोहराको उद्धार गरिएको सेनानी कार्कीले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई पनि कोहलपुर रिफर गरिएको छ ।

Sayalb

घाइते २९ बर्सिया टङ्क कुमारी उपाध्याय, २४ बर्सिया दुर्गा देवी बिस्ट, ४९ वर्षीय जीर्ण बम र डेढ वर्षीय बालक सिर्जन बिस्टलाई एम्बुलेन्सबाट नेपालगन्ज पठाइएको हो । मङ्गलवार बिहान भएको जिप दुर्घटनामा परि ६ जना घाइते भएका थिए ।

सिलगढीबाट दिपायल जाँदै गरेको सु.प्र.प ०१००१ ज १२५९ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सु.प्र.प ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल अदालत मोड सिलगढी स्थित एक आपसमा ठोक्किएका थिए ।

Shaileshwori
Loading...