डोटीमा ठुलो असिना पानी, किसानलाई ठुलो क्षति

डोटी : डोटीमा भारी असिना पानी परेको छ । मङ्गलवार अपराह्न ४ बजेतिर परेको असिना पानीले जिल्लामा ठुलो मात्रामा क्षति पुर्‍याएको छ । ठुलो असिना पर्दा गहुँ, जौ, मुसुरो, तोरी बाली र तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको छ । भित्र्याउने समय हुनै लागेको समयमा परेको असिनाले बालीमा क्षति पुर्याउदा किसान चिन्तित भएका छन् ।

Sayalb

असिना पानी जिल्लाका सबै पालिकामा परेको भए पनि सबै भन्दा क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको बताइएको छ । सुन्तलाका पात समेत झार्ने गरी परेको असिनाले किसानहरूलाई ठुलो नोक्सानी पुर्‍याएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनु भयो ।  क्षतिको विवरण  आई नसकेकाले लगत सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

Shaileshwori
Loading...