तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नेविसंघद्वारा प्रशासन घेराउ

Sayalb

नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचन स्थगित गरिएको विषयलाई लिएर प्रशासन घेराउ गरिएको हो । निर्वाचन पक्रीयासंग असन्तुष्ट बिद्यार्थिहरुले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरिएको विज्ञप्ति प्रकासन गरेको छ ।
फर्जीमत खसालेको भन्दै केही बिद्यार्थीहरुले मतदान केन्द्रको झ्याल ढोका तोडफोड गरेर मतपेटिका समेत तोडफोड गरेका हुन् । नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेको छ । नेविसंघसँग परामर्श नै नगरेर एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको छ,” नेविसंघ नगर सभापति राम कठायतले भने,” तत्काल मतदान सुचारु गरिएन भने हामी कडा आन्दोलनमा उत्रिने छौं ।”

Shaileshwori
Loading...