शिव शिखर सहकारी संस्थालाई कानुनी दायरामा ल्याउन सङ्घर्ष समिति गठन

डोटी : डोटीमा रहेको शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई कानुनी दायरामा ल्याउन सङ्घर्ष समिति गठन गरिएको छ । बुधवार दिपायल स्थित होटेल बर्साको सभा हलमा उपस्थित व्यवसायीको एक भेलाबाट ११ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको हो ।

Sayalb

डोटी चेम्बर अफ कमर्सको पहलमा गठन गरिएको समितिको संयोजकमा डोटी चेम्बर अफ कमर्स रहेको छ भने सदस्यहरूमा डोटी उद्योग वाणिज्य सङ्घका सदस्य रञ्जना देवी वाक्चन, चित्रा पुन किम्तोला, खडक बहादुर खड्का, बबि कुमार बिसी, गणेश बहादुर सेटी, यज्ञ राज खड्का, लक्ष्मी कुवर, सरस्वती भुर्जा, अनिता देवी लामिछाने र निर्मला कुमारी कठायत रहेका छन् ।

दिपायलमा रहेको शिव शिखर बहुउदेश्यीय  सहकारी संस्था लिमिटेडले व्यवसायिहरुको रकम सङ्कलन गरी सम्पर्कविहीन भएकाले आवश्यक कारबाहीका लागि पहल गर्न समिति गठन गरिएको डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले बताए । सङ्घर्ष समितिले संस्थालाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय डोटीलाई गुहार्ने जनाएको छ । शिव शिखर करिब दुई महिना देखी कार्यालय बन्द गरेर सम्पर्क विहीन भएको बचत कर्ताले बताएका छन् ।

Shaileshwori
Loading...