डोटीको एक घरमा दिउँसै चितुवा (बाघ) पसेपछि….

डोटी : डोटीको सायल गाउँपालिका वडा नम्बर ५ पटकानीको एक घरमा चितुवा (बाघ) पसेको छ । मङ्गलवार स्थानीय देव बहादुर बोगटीको घरमा चितुवा पसेको स्थानीय  तथा डोटी चेम्बर अफ कमर्स डोटीका सचिव तेज डुम्रेलले बताए ।
बाघ घर भित्र पसेपछि स्थानीयहरू चितुवा हेर्न जम्मा भएका थिए । ठुलो सङ्ख्यामा स्थानीहरू जम्मा भएर होहल्ला गरेपछि चितुवा दिउँसो घरबाट निस्केर जङ्गलतिर पसेको छ  । चितुवा बिरामी जस्तो देखिएको स्थानियले बताएका छन् । बोगटीको घरमा चितुवा पस्नुलाई केहीले धार्मिकता सँग जोडेर हेरेका छन् ।
बोगटी एक्वार देवताका धामी हुन् । उनको घरमा चितुवा पस्नुलाई कतिपय स्थानीयले शुभ सङ्केत भनेका छन् भने कतिपयले अशुभ भनेका छन् । स्थानीयले बताए अनुसार एक्वार देवता रिसाएर अथवा खुसी भएर चितुवा घरभित्र पसेको हुनसक्छ । तर चितुवा दिउँसै घरभित्र पसेपछि स्थानीयमा त्रास बढेको छ ।
Sayalb
Shaileshwori
Loading...