
डोटी : डोटी किसान लघुवित्तिय संस्थाको शाखा कार्यालय दिपायलको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थाका १०४ वटा केन्द्रहरूका केन्द्र प्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको कार्यक्रम मङ्गलवार सम्पन्न भएको हो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतीकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरूले वित्तीय संस्थाको सेवा सुविधाहरूको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरू राखेका थिए ।

कार्यक्रममा शाखाका सबै कर्मचारीहरूको सहभागितामा कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धी र केन्द्रका पदाधिकारीहरूको काम, कर्तव्य तथा जिम्मेवारीहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए । संस्थामा हालसम्म ९ हजार ३५२ वटा केन्द्रमा १ लाख १८ हजार ९३ जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरुबाट बित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
