अधिकारकर्मी भण्डारी दिपायल सिलगढी नगरपालिकाबाट सम्मानित 

डोटी : अधिकारकर्मी रमा भण्डारीलाई दिपायल सिलगढी नगरपालिकाले सम्मान गरेको छ । सम विकास केन्द्र (ईडिसी) नेपाल डोटीमा कार्यरत भण्डारीले बालश्रम मुक्त घोषणा नगरपालिका निर्माण अभियानमा योगदान पुर्‍याएकोले सम्मान गरिएको हो । बुधवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई बाल श्रम मुक्त वडा घोषणा कार्यक्रममा भण्डारीलाई नगरपालिकाले सम्मान गरेको हो ।
Sayalb
भण्डारी विगत लामो समय देखी समाजमा हुने बाल श्रम विरुद्ध बोल्ने, बाल विवाह रोक्न जनचेतना फैलाउने र लैङ्गिक हिंसा तथा घरेलु हिंसामा परेका महिलालाई सहयोग गर्दै आएकी छन् ।
भण्डारीले गरेको कार्यको मूल्याङ्कन गर्दै सम्मान गरिएकाले अझ सशक्त भएर अगाडि बढ्न नगर प्रमुख बाजि सिंह खड्काले आग्रह गर्नुभयो । आफ्नो कार्यको नगरपालिकाले सम्मान गर्दा काममा थप जिम्मेवार  भएर लाग्न प्रेरित गरेको अधिकारकर्मी भण्डारीले बताइन ।
Shaileshwori
Loading...