बोगटानमा सिएलआइएमएटिइएस परियोजनाद्धारा सञ्चालित क्रियाकलापहरूको अनुगमन

डोटी : बोगटान फुड्सिल गाउँपालिकामा दिगो वातावरणका लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन (सिएलआइएमएटिइएस) परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको अनुगमन गरिएको छ । युनाइटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र आरसिडिसि द्वारा सञ्चालित परियोजना अन्तर्गत अनुगमन गरिएको हो ।

पालिका स्तरीय परियोजना सल्लाहकार समितिका सदस्यहरू र सम्बन्धित सरोकारवालाहरूको संयुक्त टोलीले २०७९ भदौ देखी हालसम्म वडा नम्बर १, ४ र ७ मा सम्पन्न भएका विभिन्न क्रियाकलापहरूको अनुगमन र निरीक्षण गरेको हो । परियोजनाबाट सुधारिएको पानी घट्ट, मुहान तथा नाउलो सुधार कार्यक्रम, गोठ सुधार, मौरी तथा बाख्रा पालनमा सहयोग, सोलार वितरण गरिएका घरधुरीहरूमा स्थलगत भ्रमण, तरकारी खेती तथा करेसाबारी निर्माण, खानेपानीको ट्याङ्की, धारा, बगैँचा, वडा नम्बर १ मा निर्माण गरिएको वगैचा, वडा नम्बर ४ मा सञ्चालन भइरहेको बास तथा निगालो सम्बन्धी ४५ दिने सीप विकास तालिम सञ्चालनमा छ ।

Sayalb

परियोजनाद्धारा सञ्चालित सम्पूर्ण क्रियाकलापहरू लक्षित समूहसम्म पुगेका, प्रभावकारी हिसाबले सम्पन्न भएका र समुदायका लागी आवश्यक रहेका क्रियाकलापहरू नै छनोट भई सफलतापूर्वक सम्पन्न भएको अनुगमन समितिले बताएको छ । टोलीका सदस्यहरूले कार्यक्रमलाई पालिकाको सम्पूर्ण वडाहरूमा समेत सञ्चालन गर्नु पर्ने सुझाव समेत दिनुभएको छ । परियोजनाले अहिलेसम्म ३० वटा कृषक समूह, १५ वटा वन तथा पानी समूह, ९ वटा विद्यालयमा काम गर्दै आएको छ ।

अनुगमन टोलीमा बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिका संयोजक समेत रहनुभएका कमल बहादुर गड्‌सिला, गाउँपालिकाका उपाध्यक्ष विष्णा कुमारी बम, वडा नम्बर १, ४ र ७ का जनप्रतिनिधि तथा पालीका स्तरीय प्राविधिक, शिक्षा, पशु, शाखा प्रमुख एवम् प्रतिनिधि सहभागी थिए ।

साथै यूएमएन डोटी कलष्टरको तर्फबाट सिएलआइएमएटिइएस परियोजनाको परियोजना व्यवस्थापक लक्ष्मी अवस्थी, ग्रामीण समुदाय विकास केन्द्र डोटीको तर्फबाट अध्यक्ष हिक्मत बहादुर मल्ल तथा परियोजनाका कर्मचारीहरूको सहभागिता रहेको थियो । विभिन्न कृषक समूहसँग क्रियाकलापहरूको प्रभावकारिता र छिडिखान बजार समिति सँग फोहोर मैला व्यवस्थापन सम्बन्धी छलफल समेत गरिएको छ ।

Shaileshwori
Loading...