
डोटी : गैर सरकारी संस्था सम विकास केन्द्र (इडिसी) नेपाल डोटी आफ्नै भवनबाट सेवा दिने भएको छ । विगत लामो समयदेखि डोटीमा क्रियाशील संस्था शुक्रवार एक कार्यक्रमसहित आफ्नै भवनमा प्रवेश गरेको छ ।

यो भन्दा पहिला भाडाको घरबाट कार्यालयका कामकाज हुने गरेका थिए । २०७० साल देखि निर्माण कार्य सुरु गरिएको भवन निर्माणको कार्य सम्पन्न भएपछि संस्था आफ्नै गृह प्रवेश गरेको इडिसीका कार्यक्रम संयोजक नरेन्द्र विकले जानकारी दिए । अब देखि सम विकास केन्द्र नेपालले आफ्नै कार्यालयबाट नियमित कार्य सञ्चालन गर्ने उनले बताए ।
गृह प्रवेश कार्यक्रमको अध्यक्षमा सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसी र प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह रहेका थिए । कार्यक्रममा स्थानीय तहका नजप्रतिनिधीहरु, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, समाज सेवी, संस्थाका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो ।
