

मोहन ठकुल्ला बैशाख ८ डोटी
डोटीको सायल गाउँपालिकामा नसर्ने रोग सम्बन्धि निस्शुल्क शिविर सञ्चालन गरेको छ । गाउँपालिकाको समन्वय र स्वास्थ्य कार्यालय डोटीको आयोजनामा वडा न. ५ को देवारमाण्डौँमा १ दिने शिविर सञ्चालन गरेको देवारमाण्डौँ आधारभूत स्वास्थ केन्द्र शाखा प्रमुख दिर्घ बहादुर खड्काले बताए । जसमा विभिन्न रोगहरूको चेकजाँच गरि नमुना परिक्षणको लागि रगत जिल्लामा ल्याएको जानकारी दिएको छ ।
उक्त १ दिने शिविर सञ्चालनमा जेष्ठ नागरिक, वयस्क र बालबालिकाले गरि जम्मा १९० जनाले स्वास्थ सेवा लिएका थिए । शिविरमा सुगर, युरिकएसिड,क्रिटिनाइन,पिसाब सम्बन्धि चेकजाँच, मृगौला सम्बन्धी चेकजाँच गरिएको थियो । नसर्ने रोग सम्बन्धी निस्शुल्क स्वास्थ सेवा लिन पाउँदा स्थानीयले खुसी व्यक्त भएका थिए । जिल्लाको दुर्गम क्षेत्रका नागरिकहरूका लागि शिविर निकै लाभदायक भएको शाखा प्रमुख खड्काले बताए ।
