
मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार सो तथ्याङ्क सार्वजनिक गरेको छ । महिला र नाबालिगहरू सहित आप्रवासीहरू प्रायः उपसहारा अफ्रिकाका रहेको एजेन्सीले सैन्य विज्ञप्तिलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

भूमध्यसागर र एट्लान्टिकमा कार्यरत मोरक्कन शाही नौसेनाका कोस्टगार्ड एकाइहरूले विभिन्न कारबाहीका क्रममा आप्रवासीहरूलाई उद्धार गरेका छन् । जब तिनीहरू फ्ल्याटेबल डुङ्गा,कयाक,जेट(स्की र पौडी खेलिरहेको अवस्थामा थिए ।

