Before Header
After Navigation

फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण, आगो लाग्नुको कारण खुल्न बाँकी

 काठमाण्डाै विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै इञ्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको जहाज स्थानीय समयअनुसार गएराति १२ बजेर ११ मिनेटमा अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका हुन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, आगो नियन्त्रणपछि चालक दलले इञ्जिनमा कुनै समस्या नपरेको भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेका बताउनुभयो । फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ।

Sagan sahari bhawan nirman aayojana

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि विमानमा चरा ठोक्किएको अनुमान गरेको छ । ‘हिजो के भएको हो भन्ने बारे यकिन केही जानकारी आएको छैन, यस विषयमा आज फ्लाई दुबई छलफल हुन्छ’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भन्नुभयो।

हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडानभरे लगत्तै विमानको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखिएको थियो । पाइलटले विमानलाई धादिङको धार्केमाथिको आकाशमा केहीबेर होल्ड गरेका थिए । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै तयारी गरिएको थियो  ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार गएराति ९ बजेर २० मिनेटदेखि ९ बजेर ५९ मिनेटसम्म विमानस्थमा अन्य विमानको उडान रोकेर अवतरणको तयारी गरिएको थियो । तर, पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्यमा जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय गरे ।

Shaileshwori
Loading...