बैतडीको मुस्याचोरमा खानेपानीको चरम समस्या,

बैतडीको दशरथचन्द नगरपालिका १ स्थित मुस्याचोरमा खानेपानीमा चरम अभाव भएको छ । मुस्याचोरसंगै गुरुखोला बजारमा पनि खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन् । हरेक बर्ष सुख्खायाममा खानेपानीको अभाव हुँदै आएको स्थानीय व्यापारी मानबहादुर टेरले बताए ।

मुस्याचोर र गुरुखोलामा श्रीखण्डको खोलामा रहेको मूहानबाट खानेपानी आउने गरेको छ । लामोदुरीमा रहेको मूहानबाट खानेपानी ल्याइएको र मूहानमै पानी कम भएपछि समस्या भएको टेरले बताए । खानेपानी लाइन समेत जीर्ण भएकाले सुख्खायाममा खानेपानीको चरम समस्या हुने गरेको छ ।

Sayalb

धारामा कम पानी आउने भएपछि होटेल व्यवसायीहरुले ट्याक्टरमा अन्यत्रबाट पानी ल्याएर जोहो गर्ने गरेका छन् । पाटन लगायतका क्षेत्रबाट ट्याक्टरमा पानी ढुवानी गरेर होटेल सञ्चालन गर्नुपरीरहेको स्थानीय रामबहादुर टेरले बताए । उनले भने ‘सुख्खायाममा हरेक बर्ष खानेपानीको चरम समस्या हुने गरेको छ । खानेपानीको समस्या समाधानमा कसैको ध्यान जान सकेको छैन् ।’

मुस्याचोर बजारमा एकमात्रै पानीको धारा रहेको सोही धाराबाट बजार र गाउँका मानिसहरुले पानी भनुपर्ने भएकाले खानेपानीको व्यवस्थापनमा समस्या भएको छ । पालो कुरेर मात्रै पानी भर्नुपर्ने अवस्था रहेको स्थानीय भीमराज भट्टले बताए । सुख्खायाममा पानीकै समस्या हुने गरेको उनले बताए ।

Shaileshwori
Loading...