सुडानमा ७२ घण्टाको युद्ध विराम, अहिलेसम्म ४०० जनाको मृत्यु

सुडानमा सेना र अर्धसैनिक बल र्‌यापिड सपोर्ट फोर्स युद्ध विराम गर्न सहमत भएका छन् ।  अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यसबारे जानकारी दिएका हुन् । सोमबार मध्यरातबाट युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका छन्  दुवै पक्षले आ–आफ्ना तर्फबाट युद्ध विरामको घोषणा गरेका छन् ।

Sayalb
सेना र र्‌यापिड फोर्सबीच ४८ घण्टाको वार्तापछि युद्ध विराममा सहमति भएको ब्लिन्केनले बताएका छन् । सुडानमा यी दुईबीचको द्वन्द्वमा हालसम्म ४०० जनाको मृत्यु भइसकेको छ । गत अप्रिल १५ मा दुबैबीच झडप सुरु भई सशस्त्र द्वन्द्वमा परिणत भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा थप हिंसा बढे यो आगोले पूरा इलाकालाई आफ्नो चपोमा लिने चेतावनी दिएका थिए । आगोको ज्वाला बाहिर पनि फैलने उनले बताए ।
Shaileshwori
Loading...