सुदूरपश्चिमको बेरुजु झण्डै ६ करोड नाघ्यो

सुदूरपश्चिम प्रदेश सरकारको अनियमित बेरुजु बढेर झण्डै ६ करोड नाघेको छ। हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनमा अनियमित बेरुजुको अंश ५ करोड ९१ लाख ९९ हजार नाघेको हो।

सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०७८/७९ सम्म गरिएको अद्यावधिक बेरुजु एक अर्ब ५४ करोड ९६ लाख पुगेको छ।

Sayalb

गत वर्षसम्ममा सुदूरपश्चिम सरकारको एक अर्ब २३ करोड १० हजार बेरुजु थियो। आर्थिक वर्ष २०७८/७९) को ४५ करोड ३१ लाख ७१ हजार सम्परीक्षण भई ७७ करोड ७१ लाख ३९ हजार बाँकी थियो।

यो वर्ष ७७ करोड २४ लाख ८१ हजार थप भई कुल बेरुजु एक अर्ब ५४ करोड ९६ लाख पुगेको हो।प्रदेशका सरकारी कार्यालय र समिति तथा संस्थातर्फ लेखा परीक्षणबाट औंल्याएको बेरुजु रकम यो वर्ष ७७ करोड २४ लाख २१ हजार छ। बेरुजु वर्गीकरणमा महालेखा परीक्षक कार्यालयले असुली गर्नुपर्ने रकम २ करोड ३१ लाख १० हजार छ। नियमित गर्नुपर्ने बेरुजु रकम ४५ करोड ४९ लाख देखाएको छ।

प्रमाण कागजात पेस नभएको ३९ करोड ५७ लाख, पेस्कीतर्फ २८ करोड ८२ लाख ६९ हजार रकम बेरुजुमा देखिएको छ। प्रदेश सरकारको कुल बेरुजु देखिएको रकममध्ये प्रदेश कार्यालयको गत वर्षको ७२ करोड ३७ हजार र यो वर्षको ४९ करोड ५८ लाख ५६ हजार गरी १ अर्ब २१ करोड ६२ लाख २६ हजार छ।

Shaileshwori
Bolpatra
Loading...