हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा

हङकङलाई हराउँदै कुवेत एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा कुवेतले हङकङलाई ३० रनले हरायाे ।

कुवेतले दिएकाे २ सय ७३ रनकाे लक्ष्य पछ्याएकाे हङकङ ५० ओभरमा २ सय ४२ रन बनाउँदा अलआउट भयाे । हङकङका कप्तान निजाकत खानले ६०, एजाज खानले ४९ र यासिम मुर्तजाले ४३ रन बनाए । कुवेतका शाहरुख कुद्दुसले ३ र यासिन पटेलले २ विकेट लिए ।

Sayalb

यसअघि टस हारेर ब्याटिङ गरेकाे कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायाे । कुवेतका शिराज खानले ६७, उसमान पटेलले ५० र अदनान इद्रीसले ४५ रन बनाए । हङकङका एहसान खानले ३ विकेट लिए ।

समूह ‘बी’ मा रहेकाे कुवेत ४ खेलमा ६ अङ्कसहित सेमिफाइनल पुगेकाे हाे । याे समूहबाट यूएई पनि सेमिफाइनल पुगिसकेकाे छ ।

Shaileshwori
Loading...