तरकारीमा बढ्दो परनिर्भरता : सवा १ अर्बको ताजा तरकारी आयात

माग अनुसारको उत्पादन नहुँदा नेपालमा अर्बाैँ रुपैयाँको ताजा तरकारी आयात हुने गरेको छ। हरेक वर्ष गोलभेँडा, बन्दा, काउली, ब्रोकाउली, मुलालगायत ताजा तरकारी आयातको ग्राफ बढ्दै गएको छ । केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कुल ८५ हजार सात सय ३५ मेट्रिक टन बराबरको एक अर्ब ३० करोड २८ लाख ११ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ ।

गत आर्थिक वर्षमा ४७ हजार ७ सय ६१ मेट्रिक टन बराबरको कुल ६३ करोड ५० लाख ५२ हजारको ताजा तरकारी आयात भएको थियो। त्यसैगरी, चालु आर्थिक वर्षमा ३७ हजार ९ सय ७४ हजार मेट्रिक टन बराबरको ६६ करोड ७७ लाख  ५९ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ ।

Sayalb

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामै करिब तीन करोड भन्दा बढीको तरकारी आयात भएको देखिन्छ।

Shaileshwori
Loading...