संसदमा एमालेको प्रश्न : माओवादीले लगेको ९५ करोड रुपैयाँ खोइ ?

 नेकपा एमालेले माओवादीका पूर्व लडाकुलाई जनही २ लाख रुपैयाँ दिन लागेको भन्दै त्यसको विरोध गरेको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले करिब ४८ सयभन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई दुई लाख नगद निकालेर बाँडिन लागेको भन्दै आपत्ति जनाए ।

प्रमुख सचेतक गिरीले आर्थिक रूपमा कमजोर अवस्थामा रहेका बेला देश लुट्ने काम भइरहेको बताउँदै सो कुराको खारेज गर्न अन्यथा जुनसुकै कदम चाल्न सक्ने चेतावनी समेत दिए ।

उनले अनमिनले प्रमाणीकरण गर्ने बेलामा कति व्यक्ति थिए भन्ने एकिन नभई माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गएको भन्दै त्यो पैसा कहाँ गयो भन्दै प्रश्न गरे ।

Sayalb

  गिरीले भने– ‘माओवादीका अयोग्य लडाकुका नाममा करिब ४८ सय भन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई दुई लाख नगद निकालेर बाँडिँदै छ भनेर सुनिएको छ ।

हामीलाई भन्नुपर्ने के छ भने १ अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि भनेर चालू आर्थिक वर्षमा छुट्टाइयो ।

आज सत्य निरूपण तथा मेलमिलापको काम थाँती राखिएको छ, त्यतातिर सरकारको ध्यान चिन्ता छैन । पैसा निकालेर लडाकुहरूको नाममा पैसा बाँडिन्छ ।’

Shaileshwori
Loading...