
जिल्लाको व्यासँ गाउँपालिका–३ सल्याडीकी ३२ वर्षीया रिउली डडालको मृत्यु भएको हो। गत बिहीबार यार्सागुम्बा टिप्ने ठाउँ मुल्तीमा डेरा बनाइ दाउरा लिन गएका बेला भिरबाट लडेर डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताए।

उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते आफ्ना श्रीमानसँगै गएकी थिइन्।
लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ। मृतक महिलाको दाहसंस्कारसमेत गरी सकिएको छ। उनका दुई छोरा छन्। अहिले हिमाली स्थानीय तह ब्यास र अपि हिमाल गाउँपालिकाका अधिकांश परिवार यार्सागुम्बा खोज्न लेकतिर गएका छन्।
