कांग्रेस प्रमुख सचेतक लेखक र सुदुरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान मुख्यमन्त्री शाहको कार्यालयमा प्रमुख सचेत लेखक र मुख्यमन्त्री शाह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवा, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीबीच भेटवार्ता भएको हो ।

Sayalb

उनीहरुबीचको भेटमा सुदूरपश्चिमको समग्र विकास, समसमायिक राजीतिक घटनाक्रम, प्रदेश सरकार मन्त्रिपरिषद् विस्तार र अगामी बजेट निर्माणको विषयमा छलफल भएको लेखकसंगै रहेका नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले जानकारी दिए ।

 आजमात्रै कैलाली पुगेका प्रमुख सचेतक लेखक मुख्यमन्त्रीको आग्रहमा धनगढीस्थित मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

सो क्रममा प्रमुख सचेतक लेखकले सुदूरपश्चिममा पहिलो पटक कांग्रेसले प्रदेश सरकारको नेतृत्व पाएको र यो समयमा  सुदूरपश्चिमको विकासका लागि कुनै पहलकदमी बाँकी नराख्न मुख्यमन्त्री शाहलाई आग्रह गरेका थिए । उनले प्रदेश सरकारले सक्ने विकास आयोजनाहरु प्रदेश सरकारले नै निर्माण गर्नुपर्ने र ठूला विकास आयोजनाहरुको लागि केन्द्र सरकारसँग माग गर्न केन्द्रबाट आफू पनि लागि परेको लेखकले बताए ।

Shaileshwori
Bolpatra
Loading...