
बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा भेटिएको मान्छेको टाउको परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । आइतबार पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो ।
गिट्टीको थुप्रोबाट कुकुरले लैजाँदै गरेको अवस्थामा मानिसको टाउको भेटिएको थियो । सडेको अवस्थामा रहेको मानिसको टाउको भेटिएको र परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

सुर्नया गाउँपालिकाको बाचपानीबाट टिप्परमा गिट्टी ल्याइएको र सोही गिट्टीको थुप्रोमा मान्छेको टाउको भेटिएको उनले बताए । टाउको कसको भन्ने कुरा अहिले सम्म पहिचान हुन सकेको छैन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । बाचपानी क्षेत्रबाट गिट्टी ल्याएकाले सो क्षेत्रमा पनि प्रहरीले सोधपुछ गरिरहेको उनले बताए ।
