मंगोलियामा ३ लाख ५९ हजार हेक्टर जंगल डढेलोबाट नष्ट

Sayalb

मंगोलियामा यस वर्षको सुरूदेखि  छुट्टाछुट्टै ४९ ठाँउका जंगल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जंगल र घाँसे मैदान नष्ट भएको छ। राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मंगलबार जनाएकोअनुसार यसबाहेक  २० वटा घर र एउटा गाडी जलेको छ।

त्यस्तै ३,२७३ पशुपन्छी जंगलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ।आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ,। नागरिकहरूलाई खुलास्थानमा आगो बाल्न  र जथाभावी चुरोटका ठुटा नफाल्न आग्रह गरेको छ।

यस्तै मंगलबारसम्म अग्नि नियन्त्रकहरूले पूर्वी प्रान्त डोर्नोडको चोइबाल्सन र बुल्गान सोम्स (प्रशासनिक उपविभागहरू) मा दुईवटा मैदानको आगो नियन्त्रण गर्न काम गरिरहेको जनाएका छन्।

Shaileshwori
Loading...