बैतडीको पाटन ९ को वडा कार्यालयमा आज्ञात समूहद्वारा तोडफोड

बैतडीको पाटन नगरपालिका वडा नं ९ को कार्यालयमा आज्ञात समूहद्वारा तोडफोडको  प्रयास  भएको छ  ।  मंगलबार  राती  आज्ञात समूहले  वडा कार्यालयमा तोड फोडको  प्रयास गरेको देखिएको  वडा सचिव राम दत्त जोशीले जानकारी दिए ।

Sayalb

उनका अनुसार वडा अध्यक्षको कार्यकक्षमा लगाएको  ताला फुटाउने  प्रयास गरिएको छ भने वडा कार्यालयमा नेपाली झण्डा राख्नका लागि गाडीएको पाइप तोडफोड गरिएको  छ ।

वडा कार्यालयमा तोडफोडको  प्रयास  कस्ले  र  किन गर्याे यो  पत्ता लागेको  छैन् ।  घटनाबारे अनुसन्धान भैरहेको  खोड्पे प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...