
डोटी : ‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुल नाराका साथ डोटीमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा मोफसलमा पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य मिन बमले दिवसको शुभकामना दिंदै यसै अवसरमा महासंघले चालेको पत्रकार शुद्धिकरण अभियानमा आजैदेखि सबैले लाग्नुपर्ने बताए । पत्रकारितालाई स्वच्छ, स्वस्थ र मर्यादित पेशा बनाउनका लागि हामी सबैको महत्वपूणर् भूमिका हुनुपर्ने र डोटी शाखाले पनि शुद्धिकरण अभियानमा आजैदेखि लाग्नुपर्ने बमले बताए ।
मोफसल पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघ डोटी शाखाले स्थानीय संचारमाध्यम प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८९ जारी गरेको महासंघका अध्यक्ष मोहन शाहीले बताए । कार्यक्रममा बोल्दै कार्यविधि कार्यान्वयनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने र महासंघमा आबद्ध सदस्यहरुको शुद्धिकरणका लागि समेत सबैको हातेमालो रहने बताए ।
