सिलगढीमा जिओ कृषि सम्बन्धी अभिमुखीकरण गोष्ठी

डोटी : सिलगढीमा जिओ कृषि सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । बिहीबार लुथरन विश्व फेडरेसन नेपालको सहयोगमा उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च ९युएसएसबिएम० डोटीको आयोजनामा डिजिटल कृषि तथा पशु परामर्श सेवा जिओ कृषि सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । कोभिड १९ बाट प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजना अन्तरगत दिपायल सिलगढीका ४५ जना कृषकहरूको सहभागितामा गोष्ठी सम्पन्न भएको युएसएसबिएमका जीविकोपार्जन सहजकर्ता गणेश कोलीले बताउनुभयो ।

 गोष्ठीमा सहजकर्ता आयुस भट्टराईले कृषकलाई डिजिटल कृषिका बारेमा जानकारी दिनुभएको थियो । उहाँले पछिल्लो समय कृषकले मोबाइलबाटै कृषि बाली तथा पशुपालनमा देखिने समस्याको समाधान गर्न सक्ने बताउनुभयो । मोबाइल एप्लिकेशन जिओ कृषि बाट किसानले विभिन्न जानकारी पाउन सक्ने भट्टराई ले बताउनुभयो । जिओ कृषि एप्लिकेशनबाट बजार मूल्य, ५ दिन सम्मको मौसमको जानकारी, बालीनालीमा देखिने समस्याको परामर्श लगायतका जानकारी लिन सकिन्छ । जसको लागि किसानले एप्लिकेशनमा नाम दर्ता गरेर समस्याको बारेमा लेखेर, फोटो खिचेर पठाउनुपर्ने हुन्छ ।

Sayalb

डिजिटल कृषि सम्बन्धी अभिमुखीकरण तालिम पाएपछि गोष्ठीमा सहभागी किसानले खुसी व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय उपप्रमुख स्मृति चुनाराले किशानहरुपनि डिजिटल कृषिमा जोडिन लागेकोमा खुसी व्यक्त गर्नुभयो । घरमै बसेर विभिन्न समस्याको हल निस्किने तथा समयको पनि बचत हुने भएकाले सबै किसानले डिजिटल कृषिमा जोडिनुपर्ने उहाँको भनाई छ ।

Shaileshwori
Loading...