बुद्ध जयन्तीमा लुम्बिनीमा शान्ति र्‍याली

२५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति र्‍याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री सुदन किराँतीले शान्ति र्‍यालीको शुभारम्भ गरेका हुन् । लुम्बिनी मायादेवी  मन्दिर परिसर हुँदै शान्तिदिप, केन्द्रीय नहर  हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म र्‍याली निकालिएको हो ।

मुल  समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।  समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कुटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने सदस्य सचिव सानु राजा शाक्यले बताए ।

Sayalb

आज नै बुद्धको अस्तु धातु रहेको नवलपरासीको रामग्राममा अस्तुधातु यात्रा निकालिने भएको छ ।

Shaileshwori
Loading...