
डोटी : डोटीको सिलगढीमा दुई दिने मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धी सरोकारवालाहरूको क्षमता विकास तालिम सुरु भएको छ । लुथरन विश्व फेडरेसन नेपालको सहयोग र उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको आयोजनामा दुई दिने क्षमता विकास तालिम सुरु भएको हो ।

कोभिड १९ बाट प्रभावित समुदायको लागि आर्थिक पुर्नउत्थान परियोजना अन्तरगत स्वास्थ्यकर्मी, प्रहरी लगायतका सरोकारवालाहरूको लागि तालिमको आयोजना गरिएको युएसएसबिएम डोटीका अध्यक्ष टिका सिंह नेपालीले बताउनुभयो । तालिममा मानसिक स्वास्थ्य समस्या हुँदा देखिने लक्षण, कारण, असर र कसरी परामर्श लिन सकिन्छ लगायतका विषयमा छलफल गरिने छ । २० जनाको सहभागिता रहेको तालिम शनिवार सम्पन्न हुनेछ ।

