पत्रकार चन्दले गरे शैक्षिक सामग्री हस्तान्तरण 

डोटी : पत्रकार एकेन्द्र चन्दले गौरीशङ्कर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । मङ्गलवार चन्दले बडिकेदार गाउँपालिका वडा नम्बर ५ रहेको उक्त विद्यालयका न्यून आय स्तर भएका र आमा बुवा गुमाएका विद्यार्थीहरूलाई स्कुल पोसाक र अन्य विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन ।

Sayalb

पढाइमा सहजता होस् भन्ने हेतुले आफूले  अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको पत्रकार चन्दले बताए । नेपाल पत्रकार महासङ्घ डोटी शाखा कार्यसमिति  सदस्य चन्द  नेपाल टेलिभिजन डोटी संवाददाताको रूपमा कार्यरत छन् ।

Shaileshwori
Loading...