झाडापखालाबाट डडेल्धुरामा एक बालिकाको मृत्युु

डडेल्धुरा : झाडापखालाका कारण डडेल्धुराको परशुराम नगरपालिका-८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको ज्यान गएको छ । मंगलबार उपचारका लागि धनगढी लैजाने क्रममा उनको ज्यान गएक‍ो हो ।

Sayalb

केही दिनदेखि बिरामी भएकी उनलाई उपचारका लागि जोगबुढा अस्पताल पुगाइएको उनलाई थप उपचारका लागि रिफर गरिएको र बाटोमै मृत्युु भएको डाक्टर जितेन्द्र चौधरीले बताए । यस्तै सोही गाउँका अन्य ३ जना बिरामी समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।

संगितासहित एकै परिवारका ५ जनालाई मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। उक्त क्षेत्रमा हैजा फैलिएको आशंका गरिएको छ । हाल उक्त क्षेत्रमा स्वास्थ कार्यालय डडेल्धुराबाट एक टिम खटाइएको छ।

 

Shaileshwori
Loading...