
डोटी : गोरुले हानेर घाइते भएकी डोटीकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।
