बझाङमा हिमपहिरो : ३ जना यार्सागुम्बा सङ्कलक बेपत्ता, दुई घाइते

बझाङ : बझाङमा हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलन गर्न गएका ३ जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।
Sayalb
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।
Shaileshwori
Loading...