चवरा चौताराका ७ बालबालिकामा कुपोषण फेला, तीन जनामा कडा खाले

डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौताराका सात जनामा कुपोषण भेटिएको छ । सोमवार  स्वास्थ्य कार्यालय डोटी तथा बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा चवराचौतारा स्वास्थ्य चौकीमा गरिएको पोषण अवस्थाको पहिचान अभियानबाट ७ जनामा कुपोषण फेला परेको हो ।
Sayalb
पोषण अवस्थाको पहिचान अभियान कार्यक्रममा ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषणको अवस्था जाँच गरिएको हो । वडा भरीका एक सय २९ जनाको पोषण अवस्था जाँच गरिएकोमा  तीन जनामा कडा शीघ्र कुपोषण र चार जनामा मध्यम कुपोषण भेटिएको चवराचौतारा स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले जानकारी दिए ।
कडा शीघ्र कुपोषण भएका बच्चालाई  स्वास्थ्य चौकीमा रहेको ओटिसि सेन्टरमा राखेर उपचार गरिने र मध्यम कुपोषण भएका बच्चाको अभिभावकलाई पोषणयुक्त खानेकुरा खुवाउन सुझाव दिएर घर पठाएको प्रमुख विकले बताए ।
Shaileshwori
Loading...