दिपायल सिलगढीले सार्वजनिक गर्‍यो एक वर्षे उपलब्धि

डोटी : दिपायल सिलगढी नगरपालिकाले एक वर्ष भित्र गरेका कार्यहरू सार्वजनिक गरेको छ । बिहीबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी २०७९ वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट दोस्रो कार्यकालको रूपमा निर्वाचित भएका जनप्रतिनिधिले त्यसपश्चात् गरेका कार्यहरू सार्वजनिक गरिएको हो ।

Sayalb

नगर प्रमुख बाजि सिंह खड्काले २०७९ जेठ ६ गते पद बहाली भएपछि तीन वटा ऐन, एक नीति, एक नियमावली, दस कार्यविधि, चार निर्देशिका सहित कानुनी दस्ताबेज तयार गरी स्वीकृति पश्चात् लागू गरिएको बताए । एक विद्यालय भवन निर्माण, चार वटा विद्यालय मर्मत, ७ जना शिक्षकलाई पुरस्कृत गरिएको, पप मावि र सुजंग माविमा +२ तहमा विज्ञान विषय पढाइ सुरु, विभिन्न खेलकुद सञ्चालन गरिएको प्रमुख खड्काले बताए । दुना टपरी तालिम, ब्युटी पार्लर तालिम, किशोरीहरूका लागि जीवन उपयोगी सीप तालिम दिइएको, २४ जना अपाङ्गता भएका परिचयपत्र वितरण, वडा नम्बर ५ लाई बालश्रम मुक्त वडा घोषण गरिएको, विद्यालयलाई ४० वटा फिल्टर वितरण, वडा नम्बर ६ कि सुत्केरी महिलालाई प्रतिव्यक्ति रु २ हजार प्रदान गरिएको पनि उनले बताए ।

न्यायिक समितिमा आएका ४ मुद्दा मिलापत्र गरिएको, व्यवसायीक तरकारी खेती प्रवर्द्धन कार्यक्रम, च्याउ खेती, तेलहन वालि विकास, ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर कार्यक्रम लगायतका १२ वटा कृषि कार्य सञ्चालन, कलेनामा १५ हजार फलफूलका बिरुवा वितरण, ३ हजार आँप र २ हजार लिचीका बिरुवा वितरण, ४५ परिवारलाई एक सय ३५ बाख्रा वितरण, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय ६४ जनालाई समावेश गरिएको, सुरक्षित आवास कार्यक्रममा ४३ परिवारलाई छनोट गरी पहिलो किस्ता प्रदान, दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनालाई हेलिकप्टर बाट उद्धार गरिएको नगरपालिकाको उपलब्धिमा समावेश गरिएको छ ।

Shaileshwori
Loading...