Before Header
After Navigation

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी छलफल

डोटी : सिलगढीमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी छलफल गरिएको छ । शुक्रवार शैलेश्वरी गेस्ट हाउसको सभा हलमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी स्थानीय पत्रकारसँग छलफल गरिएको हो ।पत्रकारहरूले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी रिपोर्टिङ गर्दा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिने उद्देश्यले आइपासक‍ो सहयोगमा सिडिएफ नेपालले छलफल कार्यक्रमको आयोजना गरेको हो ।

Sagan sahari bhawan nirman aayojana

पत्रकारले गर्ने सहित रिपोर्टिङको कारण समस्याको समाधान गर्न मद्दत पुग्ने गर्दछ ।  तर कतिपय अवस्थामा पत्रकार रिपोर्टिङका क्रममा संवेदनशील नबनिदिँदा त्यही समस्या थप समस्याका रूपमा देखा गर्ने गर्दछ ।

छलफल कार्यक्रमका प्रशिक्षकले पत्रकारले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा रिपोर्टिङ गर्दा सकारात्मक सन्देश दिनेगरि र समस्याको समाधान हुने गरी रिपोर्टिङ गर्नुपर्ने कुरामा जोड दिए ।  कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...