दिवंगत  आमाको सम्झनामा अक्षयकोषकाे स्थापना

Sayalb

सायल गाउँपालिका वडा- २ ताेलेनी निवासी उत्तमराज उपाध्यायले दिवंगत आमाकाे सम्झनामा अक्षयकोष स्थापना गरेका छन् ।
भवानी माध्यमिक बिद्यालय लुसाकोटमा संचालित श्रीमद्भागवत ज्ञानविज्ञान, शैक्षिक तथा धार्मिक महोत्सबमा अवसरमा उपाध्यायले स्वर्गीय माता गंगा देवी उपाध्यायको स्मृतिमा बिद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तरको निम्ति एक लाख एघार हजार एक सय एघारकाे अक्षयकोष स्थापना गर्नुभएको छ ।
आमाकाे सम्झनाका साथै बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार हाेस भन्ने उदेश्यका अक्षयकोष स्थापना गरिएको उपाध्यायले बताए । स्वास्थ निर्देशनालय राजपुरमा जनस्वास्थ्य निरिक्षक पदमा कार्यरत उपाध्याय सामाजिक सेवामा पनि क्रियाशील रहनु भएको छ ।

Shaileshwori
Loading...