डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । हरेका वर्ष पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिने हुँदा यो वर्ष पनि कार्यक्रम गरिएको चवराचौतारा स्वास्थ्य चौकीका प्रमुख प्रकाश विकले जानकारी दिए ।
० देखी १५ महिना सम्मका बालबालिकालाई लगाउनु पर्ने सबै प्रकारका खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको विकले बताए । उनका अनुसार ० देखी १५ महिना सम्मका खोप लगाउन छुटेका पाँच वर्षसम्मका बालबालिकालाई पनि खोपको दायरामा ल्याइएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला, उपाध्यक्ष बिस्ना बम, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।