नेपाल विद्यालय कर्मचारी परिषद् डोटी आन्दोलित 

डोटी : नेपाल विद्यालय कर्मचारी परिषद् डोटीले आन्दोलनको घोषणा गरेको छ । सामुदायिक विद्यालयमा न्यून वेतनमा कार्यरत कर्मचारीहरूको पूर्ण सेवा  सुविधा सहित पेसागत स्थायित्वको  विषयमा सरकारले बजेट नछुटाएपछि परिषद् आन्दोलित भएको हो । कर्मचारीहरूको पूर्ण सेवा  सुविधा सहित पेसागत स्थायित्वको  विषय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको भए पनि बजेटमा नपरेपछि आन्दोलित हुनु परेको नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति डोटी अध्यक्ष मनि राम ओझाले बताए ।
यही जेठ २१ गते देखी २६ गतेसम्म विद्यालयको तालाचावि बुझाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाई मा धर्ना दिने, जेठ २७ देखी असार १ गतेसम्म काठमान्डौको भद्रकालीमा रिले अनसन दिने र असार २ गते देखी माग सम्बोधन नभएसम्म सबै विद्यालय बन्द गर्ने अध्यक्ष ओझाले बताए ।
Sayalb
Shaileshwori
Loading...