अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेशको अध्यक्षमा सरस्वती रावल चयन भएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम सम्मेलनबाट रामारोशन गाउँपालिकाकी पुर्ब उपाध्यक्ष समेत रहेकी रावल अध्यक्षमा सर्बसहमत चयन हुनु भएको हो ।
समितिको उपाध्यक्षहरुमा उर्मिला चौधरी, सत्य देवी चिमाडी, मैना रावल, कमला चौधरी, सचीवमा कमला ज्ञवाली श्रिपाली, सह–सचीव दुर्गा जोशी भट्ट, लिला कुवर र कोषाध्यक्ष गीता नेपाली चयन हुनु भएको हो । धनगढीमा जारी प्रथम सम्मेलनबाब रावलको अध्यक्षतामा एक सय २९ सदस्य समिति सर्ब सहमत चयन गरिएको हो ।