प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। एमालेको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउँदलाई चयन गरेको हो।
आइतवार बसेको संसदीय दलको बैठकले गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित पाललाई प्रमुख सचेतक चयन गरेको छ। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।