

डोटी : डोटी स्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार (यो खबर तयार पार्दा सम्म) सोमबार साँझसम्म उनको अवस्था अज्ञात रहेको छ ।
उनको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयले खोजी गरिरहेको जोशीले बताएका छन् । आइतबार साँझ रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ कृति गाउँ निवासी २४ वर्षीय मिलन तामाङ दिपायल सिलगढी नगरपालिका ३ स्थित सेती नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । उनी डोटीमा रहेर काठ चिरानको काम गर्दै आएका छन् ।
