दिपायल सिलगढीमा सञ्चालन भएका सीप विकास तालिमको समापन 

डोटी : दिपायल सिलगढी नगरपालिकामा ‘सीप सिकौँ स्वरोजगार बनौँ’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत विभिन्न सीप विकास तालिमको समापन गरिएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाबाट विभिन्न वडामा सञ्चालन भएका सिपमूलक तालिमहरूको बुधवार नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।
साथै नगरपालिका भित्रका विभिन्न उद्यमी समुहरुले उत्पादन गरेका वस्तुहरूको प्रचारप्रसार गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरी प्रदर्शनी गरिएको छ । रोजगारी सिर्जना गर्नुका साथै स्थानीय स्तरमै वस्तु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले दुना टपरी तालिम, सुइटर, गलबन्दी, टोपी लगायतका कपडा बुन्ने तालिम, कम्प्युटर तालिम र साबुन बनाउने तालिम सञ्चालन गरेको थियो । उद्यम विकास शाखा अन्तरगत नगरपालिकाका विभिन्न वडामा २०७५ साल देखि स्वरोजगार मूलक तालिम प्रदान हुँदै आएको उद्यम विकास शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता लाल बहादुर खड्काले बताए ।
Sayalb
नगर उपप्रमुख कलावति साउदले सिकेको सिपको प्रयोग गर्दै स्वरोजगार बन्न तालिमका सहभागीलाई आग्रह गर्नुभयो । सिप सिकेर प्रयोगमा ल्याउने बानी धेरैको नरहेको बताउँदै नगरपालिकाले लगाएको लगानीको सही सदुपयोग गर्न उपप्रमुख साउदले आग्रह गरेकी हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले स्वरोजगार बन्ने उद्देश्य राखी तालिममा सहभागी भएकाहरू  प्रति खुसी व्यक्त गर्नु भयो । तालिमबाट ग्रहण गरेको सिप प्रयोग नगरेसम्म सिप सिकेको औचित्य नहुने भएकाले सबैले आयआर्जनका काम गर्नेमा विश्वस्त रहेको उनले बताए । सञ्चालन भएका तालिममा सहभागी भई सिप सिकेका विभिन्न उद्यमी समूहका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
Shaileshwori
Loading...