६३ औँ जिल्लाका रूपमा डोटी जिल्ला साक्षर घोषणा

डोटी : साक्षरता सिकाई क्षेत्रमा रूपान्तरण भन्ने आशयका साथ डोटी जिल्ला देशको ६३ औँ जिल्लाका रूपमा साक्षर घोषणा भएको छ । १५ देखी ६० वर्ष उमेर समूहका ९६ दशमलव ५५ प्रतिशत (एक लाख ३९ हजार एक सय ६१) नागरिक साक्षर भएसँगै बिहीबार एक समारोहका बिच जिल्लालाई साक्षर घोषणा गरिएको हो । यो उमेर समूहका जम्मा एक लाख ४४ हजार एक सय ३३ जना रहेका छन् ।

साक्षर जिल्ला घोषणा हुनको लागि आवश्यक पर्ने विभिन्न १२ सूचक पुरा भएसँगै जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त भट्टले बताए । व्यक्ति साक्षर हुनको लागि १२ सूचक मध्ये ६ सूचक पुरा हुनुपर्छ । २०७६ साल भित्र जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य राखिएको भए पनि विश्व महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण ढिलो गरी साक्षर घोषणा गरिएको प्रमुख भट्टले बताए ।

Sayalb

कार्यक्रमका प्रमुख अतिथि तथा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृप ध्वज निरौलाले समाजमा हुने विभिन्न आपराधिक घटना न्यूनीकरण गर्नमा साक्षरताले भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । समाजमा शिक्षाको कमिले गर्दा विभिन्न अपराध जन्य घटना तथा विकृति हुने भएकाले सबैको सामूहिक प्रयासबाट यसलाई हटाउनु पर्ने न्यायाधीश निरौलाले बताए । औपचारिक तथा अनौपचारिक सिकाइका कार्यक्रम समाजमा निरन्तर रहनुपर्नेमा उनको छ । सन २०३० सम्ममा राष्ट्रले कानुनी शासनको प्रवर्द्धन गर्ने र न्यायमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेकाले उनले यसमा सबैको साथको आवश्यकता औँल्याए ।

कार्यक्रमका वक्ताहरूले साक्षर जिल्ला घोषणा हुने बित्तिकै खुसी हुने मात्रै नभएर साक्षर नागरिकले गर्नुपर्ने भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् । जिल्ला साक्षर घोषणा हुनमा सहयोग गर्नेहरूलाई कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो ।

Shaileshwori
Loading...