दिपायल सिलगढीमा बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया

डोटी : दिपायल सिलगढी नगरपालिकामा सहकारीको सहयोगमा बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार कृषि ज्ञान केन्द्र डोटीको हलमा सामाजिक विकास कार्यालय डोटीको सहयोग तथा जिल्ला सहकारी सङ्घ लिमिटेड डोटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

Sayalb

कार्यक्रममा बाल विवाह हुने कारण, बाल विवाह रोक्ने कारण, यसको कानुनी प्रावधान, समाज तथा अन्य निकायले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल गरिएको हो । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कल्पना साउदले बाल विवाह रोक्न समाजका सबै व्यक्ति तथा निकायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् । उनले वडा नम्बर ८ लडागडा बालविवाह मुक्त वडा घोषणा भएको उदाहरण दिँदै अन्य वडा हुँदै पालिका र देश नै बालविवाह मुक्त घोषण गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न सबैलाई अनुरोध गरिन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड डोटीका अध्यक्ष अमर साउँदले बाल विवाह रोक्न सबैले आत्मदेखि नै लाग्न आवश्यक रहेको बताए । कानुनमा जतिसुकै बलियो सजायको व्यवस्था गरे पनि व्यक्तिले मनदेखि बालविवाहलाई निषेध नगरे सम्म बालविवाह नरोकिने उनले बताए । कार्यक्रममा विभिन्न सहकारीका सदस्य, बालबालिका लगायतको सहभागीता रहेको थियोे ।

Shaileshwori
Loading...