सायलमा बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम

डोटी : सायल गाउँपालिका–५ देहीमाडौंमा बालविवाह न्यूनीकरणका लागि एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रवार सामाजिक विकास कार्यालय डोटीको सहयोग र लगनशील महिला साना किसान कृषि सहकारी संस्था डोटीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

Sayalb

अन्तरक्रिया कार्यक्रममा बाल विवाह हुने कारण, बाल विवाह रोक्ने उपाय, यसको कानुनी प्रावधान, समाज तथा अन्य निकायले खेल्नु पर्ने भूमिका लगायतका बारेमा छलफल गरिएको लगनशील महिला साना किसान सहकारीका अध्यक्ष सृजना खड्काले बताइन् । कार्यक्रममा जनप्रतिनिधी, सहकारीका सदस्य, बाल क्लबका सदस्य, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी लगायत ५० जनाको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...