सातफरीमा पोलिहाउस पाल र अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सामग्री वितरण

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीले वडाका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सामग्री वितरण गरेको छ । सोमवार वडा भरिका २७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई एक लाख ५० हजार बराबरका सामग्री वितरण गरिएको हो ।

Sayalb

वडा अध्यक्ष दीप बहादुर बमका अनुसार हिड्डुल गर्न नसक्ने ४ जनालाई ह्वेल चियर, सरसफाइका सामग्री, कपडा, ७ जना अपाङ्गता भएका विद्यार्थीलाई झोला, सरसफाइका सामग्री र अन्य १६ जनालाई कपडा र सरसफाइका सामग्री वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिहरूको दैनिकीमा केही सहता होस् भन्ने उद्देश्यले विभिन्न सामग्री वितरण गरिएको वडा अध्यक्ष बमले बताए ।

यस्तै सोही वडाको दुवातल टोलका २३ जनालाई पोलिहाउसको लागि आवश्यक पर्ने पाल र विभिन्न तरकारीको बिउ वितरण गरिएको छ । तरकारीको उत्पादन गरी मानिसको स्वास्थ्यलाई चाहिने तरकारीजन्य पोषण उपभोग गरुन् भन्ने उद्देश्यले रु दुई लाख बराबरको पोलिहाउस पाल र बिउ वितरण गरिएको वडा अध्यक्ष बमले बताए ।

Shaileshwori
Loading...