मन्त्री सिंहसहित ४ को अवस्था गम्भीर, नेपालगन्ज लैजाने तयारी

 सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वीबहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह  बुहारी नाता पर्ने जयादेवी सिंह अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

Sayalb

दुर्घटनामा चालक धर्मराज जोशी पनि घाइते भएका छन्।   ।पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले बताइन् ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

Shaileshwori
Loading...