७ सय ४३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्ने 

आइतवार स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानिय तहले आज बजेट ल्याउन लागेका हुन् । देशभरका दश स्थानिय तहले यसअघि नै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेस गरिसकेको भएपनि ७ सय ४३ स्थानीय तहले बजेट पेस गर्ने तयारी गरेका हुन् ।

Sayalb

असार १० गतेभित्र बजेट पेस गरि असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेशका एक, बागमतीका एक, गण्डकीका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट पेस गरिसकेका हुन् ।

Shaileshwori
Loading...