
सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहले समयमै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेनन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि सुदूरपश्चिमका चार पालिकाले बजेट ल्याएनन् ।

प्रदेशका ८८ स्थानीय तहमध्ये बझाङका दुई, दार्चुला र डडेलधुराका एक/एक पालिकाले बजेट ल्याउन नसकेका हुन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेका हुन् । १० असारभित्र बजेट नल्याउनु कानुन विपरीत हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईले बताए । यसरी समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा २ नम्बर काटिने सहसचिव भट्टराईले बताए ।
स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम १० असारमै स्थानीय तहकै बजेट ल्याउनुपर्ने प्रावधान छ ।
